काठमाण्डौ । नेपाल पत्रकार महासंघको हालै सम्पन्न २७औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी एवं सदस्यहरूलाई नेपाल पत्रकार मञ्चले एक समारोह बीच स्वागत एवं सम्मान गरेको छ। नेपाल पत्रकार मञ्चकी सचिव मनुका कुँवर एसोसिएट तर्फबाट सर्वाधिक मतका साथ नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य तथा मञ्चका सदस्य रोयल आचार्य नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश अध्यक्ष निर्वाचित हुनुभएको थियो । यसैगरी एशोशियट प्रदेशमा कोषाध्यक्ष राजेन्द्र प्रजापति तथा सदस्यहरुमा सन्तोष मिश्र, कमला नेपाल, सुवास पौडेल, धिरेन्द्र तिवारी, रौशन चौधरी, नबिन नर्सिंह नेपाली र सरोज बस्याल निर्वाचित हुनुभएको छ ।
