पत्रकार महासंघको केन्द्रीय सदस्यमा मञ्चकी सचिव कुँवर विजयी
नेपाल पत्रकार महासंघको २०८१ मंसिर २८ गते सम्पन्न निर्वाचनमा नेपाल पत्रकार मञ्चकी आधिकारिक उम्मेदवार मनुका कुँवर विजयी भएकी छिन् । निर्वाचन समितिले घोषणा गरेको अन्तिम मत परिणाम अनुसार कुँवर ३०१ मत सहित शानदार विजयी बन्न सफल भएकी हुन् ।