मञ्चले बनायो चुनावी कार्यदल
काठमाडौं । नेपाल पत्रकार महासंघको आगामी निर्वाचनका लागि नेपाल पत्रकार मञ्चले चार सदस्यीय कार्यदल बनाएको छ । बुधबार काठमाडौंमा बसेको मञ्चको उपलब्ध सदस्यहरुको बैठकले रोयल आचार्यको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।
कार्यदलमा आचार्यसहित ओमबन्धु कार्की, पवन फुयाल र सरस्वती गौतम सदस्य रहेको कार्यदल गठन समेत गरेको छ ।