पत्रकार महासंघको निर्वाचन लक्षित मञ्चको भेला
image

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था नेपाल पत्रकार मञ्चको उपलब्ध सदस्यहरुको भेला काठमाडौंमा सम्पन्न भएको हो । काठमाडौंमा बुधबार भएको भेलामा मञ्चका अध्यक्ष युवराज बिद्रोहीसहित मञ्चका पदाधिकारी, कार्यसमिति, सल्लाहकार, मञ्चबाट प्रतिनिधित्व गर्ने महासंघको एसोसिएट प्रदेश समितिमा निर्वाचित महासचिव, सदस्यहरु तथा मञ्चका उपलब्ध साधारण सदस्यहरुको उपस्थिति रहेको थियो ।

भेलामा मञ्चका अध्यक्ष युवराज बिद्रोहीले चुनावी रणनीतिबारे बिफ्रिङ गर्दै महासंघलाई विशुद्ध पत्रकारहरुको छाता संस्थाको रुपमा विकास गर्न आफूहरुको सक्रिय भूमिका रहनु पर्ने बताउनु भएको थियो ।

भेलालले महासंघको निर्वाचनका लागि रोयल आचार्य, ओमबन्धु कार्की, पवन फुयाल र सरस्वती गौतम सदस्य रहेको कार्यदल गठन समेत गरेको छ ।