पूर्व अध्यक्ष शाहीलाई मातृ शोक
नेपाल पत्रकार मञ्चका पूर्व अध्यक्ष–पूर्व सल्लाहकार एवम् नेपाल पत्रकार महासंघका केन्द्रीय परिषद् सदस्य योगेन्द्र प्रताप शाहीकी ममतामयी माता राधादेवी शाहीको स्वर्गबासको खवरले स्तब्ध बनाएको छ । पारिवारिक स्रोतका अनुसार सोमवार बेलुका ६ः३० बजे उहाँको ९५ वर्षको उमेरमा स्वर्गारोहण भएको हो । यो दुःखको घडीमा मृतआत्माको सायुज्य मुक्तिको कामना र शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा दुःख सहन सक्ने क्षमता प्राप्त हुन सकोस्, समवेदना !!