अध्यक्ष विद्रोहीसहितको टोलि र सूचना आयुक्त ओलीबीच भेटवार्ता
पत्रकार मञ्चका अध्यक्ष युवराज विद्रोहीसहितको टोलि र राष्ट्रिय सूचना आयोगकी सूचना आयुक्त कमला ओलीबीच भेटवार्ता भएको छ । भेटमा नेपाल पत्रकार महासंघ, एसोसिएट प्रदेश समितिका महासचिव रोयल आचार्य, मञ्चका सदस्य जेन श्रेष्ठ र पत्रकार नवराज न्यौपाने हुनुहुन्थ्यो । आयोगको प्रवक्ता समेतको जिम्बेवारीमा रहनु भएकी आयुक्त ओली नेपाल पत्रकार मञ्चको सदस्य समेत हुनुहुन्छ ।