गिभ टु एशियाको सहयोगमा गुडवीभ नेपाल नामक संस्थाले सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । ‘लकडाउन’ भएदेखि नै विभिन्न पेसामा रहेका व्यक्त्तिहरुलाई निरन्तर सहयोग गर्दै आएको संस्थाले बिहिबार सञ्चारकर्मीलाई स्वास्थ्य सामाग्री वितरण गरेको हो ।
नेपाल पत्रकार मञ्चको सहकार्यमा गुडवीभ नेपालका अध्यक्ष समिकविक्रम शाह र महासचिव किरण थापाले दुई दर्जन पत्रकारहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको हो । उक्त्त संस्थाले महिला पत्रकारहरुलाई सेनिटरी प्याड, पञ्जा, मास्क, स्यानिटाइजर, साबुनलगायतको सामाग्री वितरण गरेको थियो ।
स्वास्थ्य सामग्री वितरण कार्यक्रमममा अध्यक्ष समिकविक्रम शाहले आफूहरुले बालबालिकालाई संरक्षण गरी शिक्षा प्रदान गर्दै आईरहेको भएपनि वर्तमान सङ्क्रमणको बेला सञ्चारकर्मीहरुको स्वास्थ्य सुरक्षामा केही सहयोग होस् भन्ने हेतुले पत्रकार मञ्चको सहकार्यका स्वास्थ्य सामग्री वितरण गरेको बताए । पत्रकारहरुको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै स्वास्थ्य सामाग्री बाढेको मञ्चका अध्यक्ष युवराज बिद्रोहीले बताए ।