वनभोज कार्यक्रम स्थगन गरिएको सूचना
नेपाल पत्रकार मञ्चले यही पौष २९ र ३० गते आयोजना गर्न लागेको पूर्व निर्धारित बनभोज कार्यक्रम कोरोना संक्रमण दर बढिरहेको अवस्था एवं सरकारले तोकेको स्वास्थ्य मापदण्डलाई ध्यानमा राखी हाललाई स्थगन गरिएको व्यहोरा सम्पूर्ण सदस्य महानुभावहरुमा जानकारी गराउँदछौ । कोरोना संक्रमण दर घट्दै परिस्थिति अनुकूल भएपछि उक्त कार्यक्रम आयोजना गरिने समेत यसै सूचनाबाट जानकारी गराउँदै कार्यक्रम सफलताका निम्ति यहाँहरुले देखाउनुभएको उत्साह र सक्रियताप्रति नेपाल पत्रकार मञ्च केन्द्रीय कार्यसमिति हार्दिक कृतज्ञता ज्ञापन गर्दछ ।
सचेत रहौं, सुरक्षित रहौं र स्वस्थ बनौं ।
विमल थापा
महासचिव
नेपाल पत्रकार मञ्च