नेपाली पत्रकारितामा विगत दुई दशकदेखि क्रियाशील पत्रकार श्री गिरिजा अधिकारीलाई नेपाल पत्रकार मञ्चको विधानको परिच्छेद (३) अनुसार मानार्थ सदस्यता प्रदान गरिएको छ । अधिकारीलाई आज नेपाल पत्रकार मञ्चका अध्यक्ष श्री युवराज विद्रोहीले मञ्चका महासचिव विमल थापाको उपस्थितिमा नेपाल पत्रकार मञ्चको मानार्थ सदस्यता प्रदान गरिएको पत्र हस्तान्तरण गर्नुभयो ।