मञ्चका पदाधिकारीबीच छलफल
काठमाडौं । नेपाल पत्रकार मञ्चका पदाधिकारीहरुको अनौपचारिक छलफल सम्पन्न भयो । मञ्चको गतिविधिलाई संस्थागत रुपमा अगाडि बढाउन अध्यक्ष युवराज विद्रोही, उपाध्यक्ष चन्द्रमणि भट्टराई, महासचिव विमल थापा, सचिव लक्ष्मण पन्थी तथा कार्यसमिति सदस्य जेन श्रेष्ठबीच छलफल भयो । उठेका बिषयबस्तुलाई मञ्चको केन्द्रीय कार्यसमितिको पूर्ण बैठकमा प्रस्तुत गर्ने सहमति भयो ।
