प्रेस विज्ञप्ति
विश्वव्यापी रुपमा फैलिँदै आएको कोभिड–१९ को संक्रमण नेपालमा पनि फैलिँदै गएको छ । पछिल्लो समयमा अग्रभागमा क्रियाशील रहने पत्रकारहरु समेत यसको उच्च जोखिममा रहेका विदितै छ ।
यो बिषम परिस्थितिमा आफ्नो व्यवसायिक धर्म, मूल्य र मान्यतालाई आत्मसाथ गर्दै सञ्चारकर्ममा क्रियाशील हुने क्रममा कोभिड–१९ को संक्रमितको जोखिमबाट उच्च सतर्कता अपनाउँदा पनि राजधानीबाट प्रकाशित दैनिक पत्रिकामा कार्यरत नेपाल पत्रकार मञ्चका थप एक जना सदस्य सक्रिय संक्रमित भएको जानकारी गराउनुपर्दा अत्यन्तै दुःख लागेको छ । यद्यपि, उहाँमा अहिलेसम्म कुनै लक्षण देखिएको छैन । र, आफ्नै घरमा आइसोलेनमा बस्नुभएको छ । उहाँको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै नेपाल पत्रकार मञ्चका सदस्यहरुलाई उच्च सतर्कताका साथ आफ्नो जिम्मेवारी निर्वाह गर्न हुन समेत हार्दिक अनुरोध गर्दछौं । हालसम्म नेपाल पत्रकार मञ्च सम्बद्ध ४ जना पत्रकारमा कोरोना भाइरस संक्रमण पुष्टी भएकामा एकजना पूर्ण रुपमा संक्रमणमुक्त हुनुभएको छ ।