नेपाल पत्रकार मञ्चको ७ औं महाधिवेशन
नेपाल पत्रकार मञ्चको आसन्न ७ औं महाधिवेशन यही चैत्र ३० गते शनिवार, ललितपुरस्थित डिलाइट पार्टी भेन्यूमा आयोजना गर्ने निर्णय गरियो । उक्त महाधिवेशन सम्पन्न गर्नका लागि उपाध्यक्ष श्री चन्द्रमणि भट्टराईको संयोजकत्वमा मूल आयोजक समिति गठन गरियो । साथै महाधिवेशन सम्पन्न गर्नका लागि विभिन्न समिति र उपसमिति समेत गठन गरिएको छ । महाधिवेशनबाट आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नका लागि अधिवक्ता चूडादेव सिंह लामाको संयोजकत्वमा, अधिवक्ता गणेश शर्मा तथा एशोशियट प्रदेश समितिका अध्यक्ष रोयल आचार्य सदस्य रहेको निर्वाचन समिति समेत गठन गरिएको छ ।