आचार्य बन्ने भए प्रदेश अध्यक्षको उम्मेदवार, केन्द्रीय सदस्यमा कुँवरलाई उठाउने
रोयल आचार्यलाई प्रदेश अध्यक्ष र मनुका कुँवरलाई केन्द्रीय सदस्यको उम्मेदवार बनाउने नेपाल पत्रकार मञ्चले निर्णय गरेको छ । काठमाडौंको बबरमहलमा सम्पन्न मञ्चको रणनीतिक बैठकले २ जनाको उम्मेदवार टुंगाएको छ । यसबाहेक राजेन्द्र प्रजापती, सन्तोष मिश्र, कमला नेपाल, सुवास पौडेल, सरोज बस्यालसहित मञ्चका तर्फबाट महासंघको प्रदेशमा १० जनालाई उम्मेदवार बनाउने निर्णय समेत गरिएको छ ।